Wednesday, December 15, 2010

राजबिराज नगरपालिकाको एक परिचय !!!!

परिचय
नेपालको पुर्वाञ्चल विकास क्षेत्र अर्न्तर्गत सगरमाथा -विश्वको सर्वोच्च शिखर) अंचलको सप्तरी जिल्लामा एक मात्र राजविराज नगरपालिका अवस्थित छ । सगरमाथा अंचलमा चारवटा नगरपालिकाहरू त्रियुगा -उदयपुर जिल्ला), सिरहा र लहान -सिरहा जिल्ला) र राजविराज -सप्तरी जिल्ला) मध्ये राजविराज सबभन्दा पुरानो नगरपालिका हो । वि.सं. २०१६ सालमा नगरपालिकाको रूपमा स्थापित राजविराज सगरमाथा अंचल र सप्तरी जिल्लाको सदरमुकाम हो । नेपालको राजधानी काठमाण्डौबाट ४५७ कि.मी. पुर्वमा र महेन्द्र राजमार्गको रूपनी खण्डबाट १० कि.मी. दक्षिणमा यो शहर स्थापित छ । भारतको सिमाना बजार कुनौलीबाट ११ कि.मी. उत्तरमा राजविराज पर्दछ (राजविराज-नगरपालिका, २०५३) । यसरी राजविराज नगरपालिका तर्राई जिल्ला सप्तरीको झण्डै मध्य भागमा अवस्थित छ ।


राजविराजको नामाकरण सम्बन्धि अवधारणा
:

सप्तरी जिल्लाको लामो ऐतिहासिक राजनीतिक पृष्ठभूमि छ । सप्तरी जिल्लाको मध्य स्थान हालको राजविराजमा प्राचीन कालका शासकहरू/राजाहरू बसेर शासन गर्दथे । त्यसैले राजाहरू विराज -वसोवास) गरेको हुनाले यस स्थानलाई कालान्तरमा राजविराज भनिएको हुन सक्छ । तर यसको कुनै ठोस प्रमाणिकता भेटिएको छैन ।
अर्कोतिर नगरको पुर्वपट्टी हालको वडा नं. ९ मा जमिन मुनी भासिए जस्तो परेर बनिएको मन्दिरमा भगवतीको रूपमा राजदेवी विराजमान छिन् । यसरी राजदेवी भगवती विराजमान भएको यस ठाउलाई राजविराज भनिएको लोकोक्ति छ ।
ऐतिहासिक पृष्ठभूमि
:

सन् १९३० को दशकमा सप्तकोशी नदीले तत्कालीन सप्तरी जिल्लाको सदरमुकाम हनुमाननगरको कटान गर्न थालेपछि सदरमुकाम र्सार्नको लागि उपयुक्त ठाउको खोजी कार्य शुरू भयो । यस क्रममा त्यस वेलाका पुर्वी कमाण्डि· जनरल बबर शमशेर ज..रा र तिनका प्रतिनिधि प्रकाश शमशेर ज..राले यस ठाउलाई उपयुक्त ठहर्याए । राजविराज नगरको योजना -त्यधल एबिललष्लन) ६० विघाको प्लटमा तत्कालिन इन्जिनियर डिल्ली जंगले गरेका थिए । इन्जिनियर डिल्ली जंगले भारतको जयपुर शहरको नक्शा वमोजिम टाउन प्लानि· गरेको यो शहर प्लानि·को दृष्टिले अति नै सुन्दर छ । हरेक ४/४ घरको पछाडी सानो गल्ली, मेन रोड र सहायक रोड जोडिने ठाउमा चौक र बजारको व्यवस्था, अलग-अलग स्थानमा हटिया, किराना पसल, तरकारी बजार लाइन र सरकारी कार्यालय भवनहरूको व्यवस्था गरिएको छ । शुरूमा ६० विद्या जग्गामा टाउन प्लानि· गरिएको भए पनि कर्मचारी आवास भनेर उत्तरपट्टीको २ विघा जग्गा र दक्षिण तर्फो ८ विघा जग्गा अधिग्रहण गरी जम्मा ७० विघाको राजविराज नगर स्थापित गरियो । वि.सं. १९९८ सालमा सप्तरी जिल्लाको सदरमुकाम हनुमाननगरबाट राजविराज सारियो र झण्डै १० बर्षपछि राजविराज बजारको रूप लियो । वि.सं. २०१६ सालमा यो शहरलाई नगरपालिका घोषणा गरियो । वि.सं. २०३२ सालको निर्वाचनमा राजविराजको पुर्वमा रहेको चनौरा पडरिया गाउपंचायतको सम्पुर्ण क्षेत्र र दक्षिणमा रहेको बोरिया गाउपंचायतका केही क्षेत्रहरू यस राजविराज नगरमा गाभेर नगरको विस्तार गरियो ।


भौगोलिक अवस्थिति
:

पुर्वी तर्राईका जिल्लाहरूमा औसत रूपमा एकै किसिमका जलवायु पाइन्छ । पुर्वी तराइका अन्य स्थानहरूमा झैं यहां पनि उष्ण जलवायु भएकोले गर्मीमा अति गर्मी र जाडोमा ठण्डा नै रहन्छ । राजविराजको अधिकतम तापक्रम ४०० सेल्सीयस र न्यूनतम तापक्रम ७.२२० सेल्सीयस सम्म रहन्छ । औसत बर्षा २५०० मि.मि. सम्म रहेको छ । राजविराज नगरपालिका तर्राईको दक्षिणी भागमा रहेको हुंदा यो शहर समुन्द्रको सतहभन्दा करीब ६१ मिटर -२०० फीट) उचाइमा अवस्थित छ -मेची देखि महाकाली, पृ. ८१९) । सप्तरी जिल्लाको भौगोलिक अवस्थिति नै राजविराज शहरको पनि अवस्थिति हो जुनकि ८६०२८देखि ८७०७पुर्व देशान्तर र २६०२५देखि २६०४७उत्तर आक्षांशको बीचमा पर्दछ (विस्तृत, पृ. ८०९)

सिमाना : राजविराज नगरपालिकाको भौगोलिक सिमाना निम्नानुसार छ ।

पुर्व : खाडो नदी

पश्चिम : प्रकाश राइस मिल

उत्तर : हरि सिंहको आपको बगैचा

दक्षिण : महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस ।

यस्तै राजविराज नगरपालिका देहायको राजनैतिक सिमा भित्र पर्दछ ।

पुर्व : फर्सैपकरी र भरूवा गाविसहरू

पश्चिम : जमुनी मधेपुरा गाविस

उत्तर : मलेठ गाविस

दक्षिण : इटहरी विष्णुपुर गाविस


क्षेत्रफल

राजविराज नगरपालिकाको कुल क्षेत्रफल ११
.९६ वर्ग किलोमिटर रहेको छ । क्षेत्रफलको आधारमा यो नगरपालिका धेरै सानो रहेको छ। पुर्वाञ्चलको १४ नगरपालिका मध्ये राजविराज नगरपालिका क्षेत्रफलको दृष्टिकोणले १३औं स्थानमा रहेको छ। यस्तै देशको सम्पुर्ण नगरपालिकाहरूमा क्षेत्रफलको दृष्टिकोणले राजविराज ५३औं स्थानमा रहेको छ ।


वडा र टोल
:

संसदीय निर्वाचन क्षेत्र नं. ३ र इलाका नं. १० मा रहेको राजविराज नगरपालिका १० वटा वडामा विभाजन गरिएको छ यी १० वटा वडा र वडामा रहेका टोलहरू निम्नानुसार छन् ।

वडा नं

टोलहरुको नाम

वडा नं

टोलहरुको नाम

मेनरोड, हटिया, नगरपालिकाको कार्यालय क्षेत्र

खरसाल टोल, यादव टोल

चनौरा, पडरिया, रहमदपुर, झल्ही, रामपुर

लिलजा टोल, स्वर्ण टोल, डिहबार थान, खरसाल टोल, कारागार टोल

गोर्खाली टोल, सुकुम्बासी टोल

स्वर्ण टोल, सरस्वती टोल

पोखरेल टोल

राजदेवी टोल, तेतरी गाछी

हिमालय टोल, शान्तिनगर

१०

डुमरी, सिवथान

No comments:

Voices of Madhesi Youths

I am From Rajbiraj's Fan Box

I am From Rajbiraj on Facebook

Followers